पत्रकार थापामाथि भौतिक आक्रमण, के हाे घटना ?

सुर्खेत । पत्रकार शेरबहादुर थापालाई भौतिक आक्रमण भएको छ । सुर्खेतको वीरेन्द्रनगर–३ बुलबुले पेट्रोल पम्प नजिक एक महिला पत्रकारले भौतिक आक्रमण गरेकी हुन् ।

शुक्रबार दिउँसो १ बजेको समयमा आफ्नै काममा हिँडेका पत्रकार थापालाई सुर्खेतकी महिला पत्रकार सीता आचार्यले भौतिक आक्रमण गरेकी हुन् । पत्रकार थापालाई भेट्ने वित्तिकै महिला पत्रकार आचार्याले लगाएको सेन्डिल चप्पलले हानेको एक पत्यक्षदर्शी बताए ।

पत्रकार थापासँगै मोटरसाईकमा गएका दिनेश ढकालले बुलबुले पेट्रोल पम्प नजिक मोटरसाईकल पार्किङ्ग गर्दै गर्दा थापा माथी पत्रकार आचार्याले आक्रमण गरेकी हुन् । आक्रमणबाट पत्रकार थापाको टाउँकोमा गम्भीर चोट लागेको छ भने टाउँकोको घाउँमा १२ वटा टाँका लगाईएको छ ।

षडयन्त्रमा आक्रमण भयो : थापा

यस्तै, पत्रकार थापाले योजनावद्ध तरिकाले आफुलाई आक्रमण गरेको बताएका छन् । थापाले फोनबाट कुरा गरेर माफी माग्दा पनि भौतिक रूपमा आक्रणम गरिएको र टाउँको, मुख, हातमा चोट लागेको बताएका छन् । पत्रकार थापाले भने, ‘आर्चायले आफुमाथि कुटपिट गरिरहेको बेला अर्का एक पत्रकारले भिडियो खिचिरहेका थिए, यो ममाथि षडयन्त्र गरिएकै हो ।’

पत्रकार महासंघका पदाधिकारीलाइ घटना निराकणका लागि ज्ञापनपत्र पनि बुझाउने अनि ममाथि नियाेजित ढंगले अक्रमण गर्ने कार्य निन्दनिय भएकाे थापाकाे भनाइ छ ।  थापाले साइर क्राइम, सार्वजिनक ठाउँमा कुटपिट र ज्यान मार्ने उद्याेगमा मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता गर्ने बताएका छन् ।

जे मन लाग्छ गर भनेपछि : आक्रमण आचार्य

यो विषयमा आफुलाई पत्रकार शेरबहादुर थापाले घरपरिवारमा आँच आउँने कुरा फैलाएपछि थापालाई फोन गर्दा पनि फोन नठाउँने, काट्ने गरेकोले खोजिरहेको र आज भेटेपछि हातपात गरेको पत्रकार आचार्यले बताइन् ।

नेपालीरैबारकर्मीसँगकाे भौतिक भेटमा कुरा गर्दै भनिन् ‘एउटा विषयमामा मैले थापालाई भेट्न बोलाएको थिए, उहाँ आउँनु भएन, दुई दिनसम्म पनि सम्पर्कमा नआउँदा र फोन गर्दा पनि जे मन लाग्छ त्यहीँ गर, भनेपछि आज भेटिएपछि मलाई जे मन लाग्यो त्यहीँ गरे ।’ थापामाथि आक्रमण गर्नु भएकाे खवर सार्वजनिक भएकाे छ भन्रे  प्रश्नमा आचार्याले भनिन् ‘किन नराम्रो राम्रो खबर भन्नुन, गलत गर्नेलाइ सबक मात्रै सिकाइएकाे हाे ।’

के हो घटना?

चैत २ गते बुधबार एका विहानै ७ बजेर ४० मिनेटमा पत्रकार आचार्यले थापाको फोटोसहित सामाजिक सञ्जाल फेसबुकमा राखेकी छन् । उक्त स्टाटसमा लेखिएको छ, ‘जसलाई जे मन लाग्यो त्यहीँ भन्ने अनि मैले गरेको फोन काट्ने यो फटाहलाई जसले भेट्नुहुन्छ मलाई खबर गर्नुहोला ।’ फेसबुकमा राखिएकाे साेही पोष्ट पत्रकार थापालाई पनि ट्याग गरिएको छ ।

तर, त्यो पोष्टका विषयले धेरैलाई झस्कायो । आचार्य विवाहित पत्रकार समेत हुन् । स्रोतका अनुसार पत्रकार आचार्यका श्रीमानलाइ थापाले गलत व्याख्या गरेकाे आराेपपछि आजकाे घटना सार्वजनिक भएकाे हाे ।

विहिबार मात्रै सुर्खेतका केही पत्रकारहरुकाे छलफलमा हिंसामुक्त कार्यस्थलका लागि प्रतिवद्धता व्यक्त गरिएकाे थियाे । कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश महासचिव खगेन्द्र भट्टराइ, महासंघ सुर्खेतका अध्यक्ष ललित बसेल, उपाध्यक्ष सुदीप पुरी लगायत समक्ष महिला पत्रकारहरूकाे टाेलीले सार्वजनिक स्थलमा महिला पत्रकारमाथि हुने सहकर्मीबाटैकाे हिंसा राेक्न माग गरिएकाे थियाे ।

पछिल्ला घटनाक्रममा महिला पत्रकारहरूमाथि भएका घटनाकाे निरकण गर्नु पर्ने माग राख्दै ज्ञापन पत्र समेत बुझाइएकाे हाे । तर  महासंघ सुर्खेतका अध्यक्ष बसेलले बिहिबारकाे छलफलमा पछिल्लाे पटक सतहमा आएका घटनाहरू छलफलबाटै टुंग्याउने र आगामी दिनमा यस्ता खालका घटना दाेहाेरिन नदिने सहमति हुँदाहुँदै पनि आजकाे घटना हुनु दु:खद् भएकाे बताए ।

तपाईको प्रतिक्रिया