नेपालगञ्जबाट लागूऔषधसहित एकजना पक्राउ

सुर्खेत । बाँकेकोे नेपालगञ्जबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । शनिबार बिहान नेपालगञ्ज उपहमानगरपालिका–५ जमुनाह चेकपोष्टबाट उ्रक्त व्यक्ति पक्राउ परेका हुन् ।

भारतबाट नेपालतर्फ आउँदै गर्दा दाङ जिल्लाको तुल्सीपुर उपमहानगरपालिका–१८ का २२ वर्षीय विकास विकलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार विकको साथबाट कम्मरको पेटीमा लुकाएर ल्याएको ८ सय क्याम्सुल लागूऔषध फेला पारेको हो ।

प्रहरीका अनुसार उक्त (ट्रमाडोल) लागूऔषध नेपालभित्र बन्देज समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया