क-कसले किन्न चाहन्छन् चेल्सी ?

मेजर लिग बेसबल टोली शिकागो कब्सको स्वामित्वमा रहेको रिकेट्स परिवार, लर्ड कोइ रहेको कन्सोर्टियम र बेलायती लगानीकर्ता निक क्यान्डीको नेतृत्वमा रहेको अर्को समूहले चेल्सी किन्न प्रस्ताव पेश गरेका छन्।

रुसी मालिक रोमन अब्रामोभिचले प्रिमियर लिग क्लब बिक्रीको लागि राखेपछि ग्रिनविच मिनटाइम अनुसार शुक्रबार राति ९ बजे बोलपत्रहरूको लागि अन्तिम समय तय गरिएको थियो। चेल्सी फ्यान क्यान्डीले आफूले दक्षिण कोरियाबाट थप लगानी सुरक्षित गरेको र उनको बोली “२ बिलियन पाउन्ड भन्दा बढी” रहेको जानकारी दिएका छन् ।

बेलायत सरकारले चेल्सी सहित सम्पत्ति रोक्का गरेपछि अब्रामोभिचको क्लब बेच्ने प्रयास रोकिएको थियो। अब्रामोभिचको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बलियो सम्बन्ध रहेको कारण युक्रेनमा रुसको आक्रमणपछि यो परिस्थिति सिर्जना भएको हो।

अमेरिकी लगानी फर्म रेन ग्रुपलाई चेल्सी बेच्ने जिम्मा दिइएको छ र बेलायत सरकारले रुचाइएका खरिदकर्ता चुनिसकेपछि क्लबलाई बेच्न अनुमति दिने नयाँ इजाजतपत्र जारी गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया