दक्षिण अफ्रिकामाथि बंगलादेशको ऐतिहासिक जित

काठमाडौं । दक्षिण अफ्रिकी भूमिमा बंगलादेशले एकदिवसीय क्रिकेटमा पहिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा घरेलु भूमिमा दक्षिण अफ्रिकालाई ३८ रनले हराउँदै बंगलादेशले ऐतिहासिक सफलता हात पारेको हो ।

बंगलादेशले दिएको ३१५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४८ ओभर ५ बलमा अलआउट हुँदै मात्र २७६ रन बनायो । ​सेन्चुरियनमा भएको खेलमा दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसेनले ८६ रनको अर्धशतकीय पारी खेले ।

डेभिड मिलरले ७९ रनको अर्धशतकीय पारी खेल्दा टेम्बा बाभुमाले ३१ रन जाडे । ​बलिङतर्फ बंगलादेशका मेहदी हसन मिराजले सर्वाधिक चार विकेट हात पारे । त्यस्तै ताक्सिन अहमेदले तीन विकेट लिँदा सोरिफुल इस्लामले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ओभरमा ७ विकेट गुमाएर ३१४ रन बनाएको थियो । बंगलादेशका लागि शकिब अल हसनले ७७ रनको अर्धशतकीय पारी खेले । यस्तै लिटोन दास र यासिर अलिले समान ५०र५० रनको अर्धशतकीय इनिङ्स खेले ।

बलिङतर्फ दक्षिण अफ्रिकाका मार्को जेनसन र केशव महाराजले समान दुईरदुई विकेट लिए । ऐतिहासिक जित निकालेको बंगलादेशले सिरिजमा १–० को अग्रता बनाएको छ ।

तपाईको प्रतिक्रिया