ठम्मर विष्टसहित एकसय बढी नेता कार्यकर्ता एमालेमा प्रवेश (लिस्टसहित)

सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टलाई दलको सदस्यबाट निलम्बन गरेसँगै एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमालेले आईतबार वीरेन्द्रनगरमा रहेको सिटी हलमा आयोजना गरिएको बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले उनलाई स्वागत गर्ने भएका हुन् ।

विष्टसहित जिल्ला कमिटीका सदस्यहरू सहित अन्य दलहरूबाट गरेर करिब एक सय  भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । साथै एमालेका अनुसार अन्य कार्यकर्ता पनि प्रवेश गर्ने क्रम चलिरहेकाे जनाएकाे छ ।

यस्तै, प्रमुख सचेतक रहेकै समयमा उनले फागुन २७ गते कर्णाली प्रदेश सभा सदस्य र पार्टीबाटै राजीनामा दिएको घोषणा गरेका थिए । गत फागुन २७ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीबारे प्रशिक्षण दिन कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत पुगेकै दिन विष्टले पार्टीसँगै सांसद पद त्यागेका हुन् ।

तपाईको प्रतिक्रिया