आगामी निर्वाचन पछि एमाले सरकारमा हुन्छ : पोखरेल

सुर्खेत । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा (एमाले) आगामी निर्वाचन पछि सरकारमा हुने बताएका छन् ।

एमाले कर्णाली प्रदेश कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् ।सरकारबाट बाहिरिए पनि जनताको मनसँगै उनिहरुकै माझमा रहेको बताएका छन् ।

पोखरेलले भेलालाई सम्बोधन गर्दै भने, ‘एमाले सरकारबाट मात्रै बाहिरिएको हो । जनताको मनबाट बाहिरिएको छैन् । आम जनाताहरूको मन–मनमा, मस्तिष्काम एमाले छ । अहिले हामी प्रतिपक्ष छौँ । आगामी निर्वाचनमा अझै शक्तिशाली भएर आउने छौँ र सरकारमा हुने छौं ।’

 

तपाईको प्रतिक्रिया