सल्यानी समाज कोहलपुरको अध्यक्षमा चन्द

कोहलपुर । सल्यानी समाज कोहलपुरको अध्यक्षमा रत्न चन्द चयन भएका छन् । ‘आजको आवश्यकता सल्यानीको एकता’ भन्ने मुुल नाराका साथ कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतको प्रमुुख अतिथि २१ सदस्यीय कमिटि गठन गरिएको हो ।

यस्तै, उपाध्यक्षमा झुमलाल सोनार, महिला उपाध्यक्षमा मुना नेपाली, महासचिवमा निराजन थापा, सचिवमा कालिबहादुर रोका मगर, कोषाध्यक्षमा मिना कुमारी पुन मगर, सह–कोषाध्यक्ष सफल विक र वरिष्ठ सदस्य मनोज विसी रहेका छन् ।

अन्य कोहलपुरका १५ वडाबाट प्रतिनिधित्व हुनेगरी सदस्यहरु थपिने सल्यानी समाज बाँकेका अध्यक्ष दशरथ चन्दले जानकारी दिए । यस्तै, नव निर्वाचित चन्दले कोहलपुरमा रहेका सल्यानीहरुको समस्या र समाधान गर्ने काम तर्फ अग्रणी भूमिका खेल्ने बताए ।

यस्तै, कार्यक्रममा सल्यानी समाज बाँकेका महासचिव शालिकराम परियार, सल्यानी समाज बाँकेका प्रेस सल्लाहाकार डिल्ली शाही, कोहलपुर शहरी सानेपानीका अध्यक्ष नरबहादुर मल्ल, सशस्त्र प्रहरी बल नौवस्ताका डिएसपी देवबहादुर बोहरा लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया