विद्यालय सुधारमा स्थानीय सरकारको मुख्य भूमिका : अध्यक्ष सेन

सल्यान । राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिमबहादुर सेनले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि तथा भौतिक पूर्वाधार विकासमा स्थानीय तहले महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

आइतबार कपुरकोट गाउँपालिकाको–४ मा रहेको गायत्री आधारभुत विद्यालयकोे ४१ औँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै उनले सामुदायीक विद्यालयको सुधारका लागि सबैको हातेमालो आवश्यक रहेको बताए ।

सेनले आफुहरु स्थानीय सरकारको नेतृत्वमा आइसकेपछि सामुदायीक विद्यालय सुधारका विभिन्न प्रकारका काम गरेको बताए । उनले भने ‘विद्यालय भवन निर्माण, मर्मत, फिल्ड निर्माण, जनशक्ति व्यवस्थापन संगै पुस्तकालय, खेलकुद तथा ईसिडि सामग्री व्यवस्थापन लगाएतका काम देखिने गरेर भएका छन् ।’

अँझै विद्यालय सुधारका लागि धेरै काम गर्न बाँकी रहेको बताउँदै अध्यक्ष सेनले शिक्षा क्षेत्रमा लापरवाही भयो भने विद्यार्थीको भविष्य चौपट हुने र समाज सँधै पछाडी पर्ने भएकाले सबैलाई गम्भीर बन्न आवश्यक रहेको बताए ।

उक्त विद्यालयका व्यवस्थापन समिति अध्यक्ष टेकबहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा, कपुकरोट–४ का वडा अध्यक्ष हरिला पुन, शिक्षा शाखा प्रमुख सरस्वति भण्डारी, शिक्षक महासंघ कर्णाकीका उपमहासचिव बामदेव अधिकारी महासंघका सल्यान जिल्ला अध्यक्ष मधुसुदन गिरी लगायतले विद्यालयको प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए ।

यस्तै, नेकपा एमाले कपुरकोटका अध्यक्ष द्रोण केसी, सचिव मित्र कठायत, नेपाली कांग्रेस कपुरकोटका सचिव यम थापा, माओवादी केन्द्र कपुरकोटका अध्यक्ष प्रकाश भण्डारी, कांग्रेस जिल्ला कार्यसमितिका आमन्त्रीत सदस्य डण्डिराम खड्का लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

वार्षिकोत्सवको अवसरमा पूर्व विद्यालय व्यावस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, प्रअ, शिक्षकलाई सम्मान गरिएको थियो भने विद्यार्थीले विभिन्न सांस्कृतीक प्रस्तुती पनि राखेका थिए । यस्तै, विद्यालयका प्रधानाध्यापक हस्तबहादुर बुढाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयका शिक्षक यमकान्त ढकालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक दुर्गाबहादुर बस्नेतले गरेका थिए ।

तपाईको प्रतिक्रिया