उचित क्षतीपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै छिन्चु बजार बन्द

वीरेन्द्रनगर । टिप्परको ठक्करबाट मृत्यु भएकी लक्ष्मी पुलामीको दोषीलाई कारबाहीको माग गर्दै उनका आफन्त तथा विद्यार्थीहरुले छिन्चु यातायात बन्द गराएका छन् । सोमबार बिहान देखि भेरीगंगामा रहेको छिन्चुमा आवज–जावत गर्ने सम्पूर्ण यातायातका साधनहरू उचित क्षतीपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै बन्द गराएका हुन् ।

चैत्र ५ गते दिउँसो वीरेन्द्रनगर नगरपालिका–११ धुलियाविट नजीक मृतक पुलामी सावार मोटरसाईकलाई टिप्परले ठक्कर दिँदा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

वीरेन्द्रनगरबाट छिन्चु तर्फ जाँदै गरेको भे १ ख ३१०२ नम्बरको टिप्परले सोही दिशा तर्फ गईरहेको भे ७ प १७९९ नम्बरको मोटरसाईकल लाई पछाडि बाट ठक्कर दिँदा मोटरसाईकलमा सवार लेकबेशी नगरपालिका–५ नेटा की १८ वर्षीय लक्ष्मी पुलामी मगरको उपचारका लागि कर्णाली प्रदेश अस्पताल लिदै गर्दा मृत्यु भएको थियो ।

ठक्कर दिने टिप्पर र टिप्पर चालक बासंगढी नगरपालिका–५ बर्दियाका ३१ वर्षीय राजु थापा मगर तथा मोटरसाईकल जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा रहेका छन् भने मोटरसाईकल चालक लेकबेशी नगरपालिका–८ का २० वर्षीय मिलन विकलाई प्रहरीले पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया