गिरिजाप्रसादको बाह्रौँ स्मृति दिवस सुर्खेतमा पनि मनाइयो

सुर्खेत । नेपाली कांग्रेसका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको बाह्रौँ स्मृति दिवस सोमबार गिरिजाप्रसाद कोइराला फाउण्डेशन सुर्खेतले वीरेन्द्रनगरमा विचार, गोष्टी कार्यक्रम आयोजना गरि दिवस मनाइएको छ ।

कार्यक्रमका सहभागीहरूले कोइरालाको योगदानलाइ स्मरणगर्दै उनकै कारण नेपालीले शान्ति र संविधान दुवै पाएको बताएका छन । कार्यक्रममा मध्य पश्चिम विश्वविधालयका पूर्वडिन पिताम्बर ढकालले राजनैतिक यात्राको दौरानमा नेपाली जनताले अहिले पाउदै आएको स्वतन्त्रतामा गिरिजाप्रसाद कोइरालाको ठूलो योगदान रहेको बताए ।

ढकालले कांग्रेसले राष्ट्रियतालाइ आफ्नो प्रमुख नीतिको रुपमा समावेश गरेको भन्दै अहिले नेपालका सबै राजनीति दलहरु काँग्रेसले लिएको लोकतन्त्रको नीति भित्र समावेश भइसकेको बताए । पूर्वडिन ढकालले भने, ‘पाटीभित्रका सबै नेताहरू एउटै विचार र भावनाका साथ अघि बढे कोइरालाको सपना पूरा हुन्छ ।’

यस्तै, कार्यक्रममा नेपाली कांग्रेस कर्णाली प्रदेशका सदस्य शम्भु पन्तले गिरिजाप्रसाद कोइरालाको विचारलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । पन्तले भने, ‘प्रजातन्त्र, लोकतन्त्र र समाजवाद देशको मेरुदण्ड भएको भन्दै यसलाइ सस्थागत गर्नु अहिलेको आवश्यकता रहेको छ ।’

यस्तै, कांग्रेस सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीले गिरिजाप्रसाद कोइरालाले स्थापना गरेको सहमति, सहकार्य र एकतालाई अनुसरण गर्दै अगाडि बढ्न सकेमात्र आगामी निर्वाचनमा कांग्रेसले बहुमत प्राप्त गर्ने बताए । ‘गठबन्धनका नाममा सुर्खेत कांग्रेसका मतदाताले अन्य पार्टीमा मत दिनसक्छन् त्यसैले पार्टी भित्र एकतालाइ मजबुत बनाउन पार्टी नेतृत्वलाइ आग्रह गर्दछु ।’ उनले भने ।

२०४७ सालको आन्दोलन, २०६२–६३ सालको दोस्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रूपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिका महत्त्वपूर्ण कालखण्डमा कोइरालाको भूमिका महत्त्वपूर्ण रहेको पाईनछ। पाँच पटक प्रधानमन्त्री बनेका कोइरालाको निधन विं.स.२०६६ साल चैत ७ गते निधन भएको थियो । राणा शासनको विरोध गरेको अभियोगमा बुबा आमा प्रवासमा रहेका बेला कोइरालाको जन्म विं.स.१९८१ सालमा भारतको टेडीमा भएको थियो ।

तपाईको प्रतिक्रिया