दुई पक्षको सहमतिपछि बन्द छिन्चु बजार खुल्यो

सुर्खेत । टिप्परको ठक्करबाट मृत्यु भएकी लक्ष्मी पुलामीको दोषीलाई कारबाहीको माग गर्दै आफन्तले गरेको अन्दोलनले बन्द छिन्चु बजार खुलेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृतक किशोरीका आफन्त तथा विद्यार्थीले दुई  पक्षबीचको सहमती पछि बजार खुलेको जनाएको छ ।

प्रहरीका अनुसार पीडितको माग अनुसार उचित क्षतीप्रर्ति र दोषीलाई कारबाही गर्ने सहमति भएपछि बजार सँगै बन्द भएका सवारी साधन दिउँसो करिब चार बजेबाट खुलेका हुन् । आफन्तहरूले सोमबार बिहानदेखि भेरीगंगामा रहेको छिन्चु बजारबाट आवज–जावत गर्ने सम्पूर्ण यातायातका साधनहरू तथा बजार बन्द गर्दै उचित क्षतीपूर्ति र दोषीलाई कारबाहीको माग गरेका थिए ।

चैत्र ५ गते दिउँसो वीरेन्द्रनगर नगरपालिका–११ धुलियाविट नजीक वीरेन्द्रनगरबाट छिन्चु तर्फ जाँदै गरेको भे १ ख ३१०२ नम्बरको टिप्परले सोही दिशा तर्फ गईरहेको भे ७ प १७९९ नम्बरको मोटरसाईकल लाई पछाडिबाट ठक्कर दिँदा मोटरसाईकलमा सवार लेकबेशी नगरपालिका–५ नेटा की १८ वर्षीय लक्ष्मी पुलामी मगरको उपचारका लागि कर्णाली प्रदेश अस्पताल लिदै गर्दा मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया