उद्योग वाणिज्य संघको निर्वाचन चैत २६ गते हुने निश्चित

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन चैत २६ गते हुने निश्चित भएको छ । मंगलबार संघले पत्रकार सम्मेलन गर्दै संघको निर्वाचन चैत २६ गते हुने निश्चित भएको बताएको हो ।

संघका अध्यक्ष धनबहादुर रावतले हाल वाणिज्य संघमा लागेको ताला नखोलिए पनि नयाँ नेत्तृवका लागि निर्वाचन हुने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए ।

उनले भने, ‘हाल वाणिज्य संघमा दुई हजार ६४ जनाको सदस्यता नविकरण भईसकेको छ । हामीले सबै प्रक्रिया प्ररा गरेर निर्वाचन समितिलाई फाइल पेस गरिसकेका छौं । चैतको १० गते सम्म उम्मेदवारीको नामावली प्रकाशित हुन्छ ।’

तपाईको प्रतिक्रिया