‘सरी मम्’ को छायांकन सुरु

काठानडाैं । फिल्म ‘सरी मम्’ को छायांकन सुरु भएको छ । बिहीबार भद्रकाली मन्दिरमा शुभ मुहूर्त सहित फिल्मको छायांकन गरिएको हो । कार्यक्रममा अभिनेत्री सरीता लामिछाने र प्रभात पलले मुहूर्त सर्ट दिए

चलचित्रमा सरिता र प्रभातका अलवा सरोज खनाल, विजय लामा, एलिस राई, विहान श्रेष्ठ, रेजिना मगर, युनिषा बजगाईं र प्रविल कटुवालको अभिनय छ । फिल्मको सम्पुर्ण छायांकन बागमती र गण्डकी प्रदेशमा गरिनेछ ।

एनएफआई क्रियसनको व्यानरमा निर्माण हुने फिल्म नविन बोगटीले निर्देशन गर्दैछन् । बोगटीको यो डेब्यु फिल्म हो ।
३० दिनको छायांकन सेड्युल रहेको फिल्ममा दीर्घ गुरुङको छायांकन रहनेछ । सामाजिक कथावस्तुमा निर्माण हुन लागेको फिल्मको निर्माता विनोद लामा हुन् ।

तपाईको प्रतिक्रिया