भारतले सबैखाले कोरोना केन्द्रित प्रतिबन्ध हटायो

चार हात दूरी र मास्क आवश्यक

नयाँ दिल्ली : भारत सरकारले चैत १७ गते (मार्च ३१) बाट कोभिड-१९ केन्द्रित सबै प्रकारका प्रतिबन्ध हटाउने निर्णय गरेको छ। मास्क लगाउने र भौतिक दूरी कायम राख्ने नियम भने कायम रहनेछ। सो सम्बन्धी आदेश भारतीय गृह मन्त्रालयले बुधबार जारी गरेको हो।

२४ मार्च, २०२० मा पहिलोपटक केन्द्र सरकारले देशमा कोरोना भाइरस संक्रमणको फैलावट रोक्न विपद् व्यवस्थापन ऐन, २००५ अन्तर्गत धेरै दिशानिर्देश जारी गरेको थियो र समय-समयमा यसमा परिवर्तन पनि गरेको थियो।

मास्क र चार हात दूरी आवश्यक

कोरोना संक्रमितको संख्यामा आएको कमी र स्थितिमा आएको सुधारलाई ध्यानमा राख्दै भारत सरकारले विपद् व्यवस्थापन ऐन खारेज गर्ने निर्णय गरेको हो। यद्यपि स्वास्थ्य मन्त्रालयले कोभिड–१९ सँग सम्बन्धित सावधानी अपनाउन सुझाव दिएको छ। यदि कुनै राज्य वा केन्द्र शासित प्रदेशको कुनै भागमा कोरोना संक्रमण बढे प्रदेशले यसलाई रोक्नका लागि कदम चाल्न सक्छ।

विपद् व्यवस्थापन ऐन पनि फिर्ता

यसका साथै राष्ट्रिय सरकारले विपद् व्यवस्थापन ऐन फिर्ता लिने निर्णय गरेको छ। केन्द्रीय गृहसचिव अजय भल्लाको पत्रमा, राज्य र केन्द्र शासित प्रदेशहरूलाई विपद् व्यवस्थापन ऐनअन्तर्गत जारी दिशानिर्देश हटाउन आदेश दिएका छन्।

विपद् व्यवस्थापन ऐन २४ मार्च २०२० मा शुरु

२४ मार्च, २०२० मा पहिलोपटक केन्द्र सरकारले देशमा कोरोना भाइरस संक्रमणको फैलावट रोक्न विपद् व्यवस्थापन ऐन अन्तर्गत धेरै दिशानिर्देश जारी गरेको थियो । समय-समयमा परिस्थितिअनुसार परिवर्तन पनि गरिएको थियो।

केन्द्रले अब दिशानिर्देश जारी गर्दैन

भल्लाले पत्रमा उल्लेख गरेका छन्, ‘ कोभिड–१९ को रोकथामका उपाय अब आवश्यक छैन।’ मार्च ३१ मा सकिँदैछ र त्यसपछि गृह मन्त्रालयले यस सम्बन्धमा अर्को आदेश जारी गर्नेछैन।

तपाईको प्रतिक्रिया