जाजरकोटमा सौर्य मिनिग्रेटबाट विद्युतीकरण गरिँदै

जाजरकोट । विद्युत प्रसारण लाईन नपुगेका जाजरकोटका ग्रामिण वस्तीहरुमा तत्काल विद्युतीकरणका पु¥याउने उद्देश्यले जाजरकोटका तीन ठाउँमा सौर्य मिनिग्रेट स्थापना गर्न लागिएको छ । वैकल्पिक उर्जा प्रवद्धन केन्द्रको ९० प्रतिशत र बाँकी १० प्रतिशत प्रदेश सरकार र स्थानीयले साझेदारीमा सौर्य मिनिग्रेट स्थापना गर्न लागिएको हो ।

जुनीचाँदे गाउँपालिका–७, मा जुनी सौर्य मिनिग्रेट ३५ किलोवाट, कुशे–७ स्थित कुशे ठाँटीकोट सौर्य मिनिग्रेट १६० किलोवाट र नलगाड नगरपालिका–८ मा नलगाड मंसिरी सौर्य मिनिग्रेट १८ किलोवाट निर्माण हुने भएको छ । यसभन्दा अगाडि बारेकोट गाउँपालिका–५ मा १७० किलोवाटको सौर्य मिनिग्रेटको काम जारी रहेको छ ।

१६ करोड ८९ लाख ५२ हजार रुपैयाँ लागतमा निर्माण हुने सौर्य मिनिग्रेट मध्यबाट १० प्रतिशत प्रदेश र स्थानीय तहले साझेदारी गर्ने वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका सहायक निर्देशक डाक्टर लक्ष्मण प्रसाद घिमिरेले बताए । जाजरकोटमा भेरी, नलगाड, शिवालय र छेडागाड नगरपालिकाका केही ठाउँमा ११ केभी प्रशारण लाइन पुगेको छ । बारेकोट, जुनीचाँदे गाउँपालिकामा केन्द्रीय विद्युतको प्रशारण लाइन पुग्न सकेको छैन । नलगाड नगरपालिकाको अधिकांश वडामा केन्द्रीय प्रशारण लाइन पुगेको छैन ।

तपाईको प्रतिक्रिया