कालिकोटबाट नेपालगञ्ज जाँदै गरेको बसमा आगलागी

सुर्खेत । कालिकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बसमा आगलागी भएको छ । शुक्रबार दिउँसो करिब ४ बजेकाे समयमा सुर्खेतको बराहताल गाउँपालिका–८ मसिना नजिक ना ८ ख २३५६ नम्बरको बसमा आगलागी भएको हो ।

जिल्ला ट्रफिक कार्यालय सुर्खेतका अनुसार गुडिरहेको बसमा अचानक ब्याट्रिको तार सट भएर आगलागी भएको हो । बसमा सवार करिब ३० जना सबै सकुशल रहेका छन् भने बसमा क्षती समेत पुगेको छ ।

हाल दमकल आगो नियन्त्रणका लागि घटना स्थल तर्फ गईसकेको प्रहरीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया