कालिकोटमा भिरबाट खसेको ढुङ्गा लागेर एकको मृत्यु

सुर्खेत । कालिकोटमा भिरबाट खसेको ढुङ्गा लागेर एकजनाको मृत्यु भएको छ ।  शुक्रवार खाँडाचक्र नगरपालिका-२ छहरा बजारको एक होटलमा बसी रहेको अवस्थामा भिरबाट खसेको ढङ्गा लागेर ३६ वर्षिया ओविराम थापाको मृत्यु भएको हो ।

थापाको टाउकोमा गम्भिर चोट लागेपछि जिल्ला अस्पताल मान्मामा उपचारका लागि लगिएको थियो । थापाको उपचारको क्रममा जिल्ला अस्पतालमा मान्ममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया