राष्ट्रिय युवासंघ लेकबेशीको अध्यक्षमा कसम गाहा

वीरेन्द्रनगर । राष्ट्रिय युवासंघ नेपाल सुर्खेतको लेकबेशी नगर कमिटीको अध्यक्षमा कसम गाहा सर्वसम्मत चयन भएका छन् । शुक्रबार भएको युवासंघको दोस्रो अधिवेशनबाट कसम गाहाको अध्यक्षमा नयाँ कार्यसमिति गठन भएको हो ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा युवराज राना, उपाध्यक्षमा भक्तबहादुर सुनार र सन्तोष ढकाल, सचिवमा ईश्वर टङ्लागी, उप–सचिवमा पुस्पराज पङ्गाली र शक्ति पौडेल साथै कोषाअघ्यक्ष दिलसरा सुनार सर्वसम्मत चयन भएका छन् ।

तपाईको प्रतिक्रिया