तिला नदीमा डुबेर कालिकोटमा बालकको मृत्यु

वीरेन्द्रनगर । तिला नदीमा डुबेर कालिकोटमा एक बालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो दुई बजेको समयमा उक्र नदीमा डुबेर बालकको मृत्यु भएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयलाई प्रहरी चौकी खल्लागार्ड कालीकोटले दिएको जानकारी अनुसार कालिकोटको तिलागुफा नगरपालिका–६ का कलबहादुर शाहीको १४ वर्षीय अनिल शाहीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार तिला नदीमा कपडा धुदै गर्दा नदीमा बगेको कपडा लिन जादा डुबेर मृत्यु भएको जनाएको छ । अनिल डुबेको खबर स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी घटना स्थलमा पुगेर उद्धार गरेको बताएको छ ।

तपाईको प्रतिक्रिया