कर्णालीका १७ प्रतिशत नागरिक अँझै शुद्ध पानीको पहुँच बाहिर !

शुद्व पिउने पानी उपलब्ध गराउने योजना बनाउनेछौं : मन्त्री सिंह

सुर्खेत । कर्णालीका १७ प्रतिशत नागरिक अँझै पनि शुद्ध पानीको पहुँच बारिर रहेको पाईएको छ । सुर्खेतको भेरिगङ्गा नगरपालिकामा आयोजित वास मेलाको उद्घाटन गर्दै कर्णाली सरकारका उर्जा तथा जलस्रोत मन्त्री गणेशप्रसाद सिंहले यस्तो बताएका हुन् ।

शनिबार शारदा मावि छिन्चुमा आयोजित एक दिने वास मेलाको मन्त्री सिंहले हात धोएर उदघाटन गरेका हुन् । मन्त्री सिंहले पानी सजिव प्राणीको जीवन भएको समेत बताए । पानीवीना संसार चल्न नसक्ने बताउदै मन्त्री सिंहले पानीको शुद्वताका बारेमा सबैले जानकारी लिनुपर्ने बताए ।

‘सफा पानी पिउन पाउनु हरेक नागरिकको अधिकार भएकोले त्यता तर्फ प्रदेश सरकार लागि परेको छ । जसका लागि हामी सहकार्य गर्न सबै सरकार र संस्थासँग हामी तयार छौँ ।’ मन्त्री सिंहले भने । ‘आगामी योजना तर्जुमा गर्दा शुद्व पिउने जल उपलब्ध गराउने योजना बनाउनेछौं ।’ मन्त्री सिंहले शुद्व पिउने पानीका बारेमा बहस र पैरवी गर्न आवश्यक रहेको बताउदै कर्णालीका १७ प्रतिशत जनताले अशुद्व पानी पिउदै आइरहेको तथ्यांक रहेको बताए ।

तपाईको प्रतिक्रिया