वीरेन्द्रनगरमा लागूऔषधसहित जाजरकोटका खेमराज पक्राउ

वीरेन्द्रन्गर ।  सुर्खेतको वीरेनद्रनगरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले शुक्रबार दिउँसो साढे ४ बजेको समयमा वीरेन्द्रनगरबाट लागूऔषधसहित एकजनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार वीरेन्द्रनगर नागरपालिका–९ लाटीकोईलीबाट जाजरकाेटकाे जुनिचाँदे गाउँपालिका–९ का १९ वर्षीय खेमराज शाहीलाई पक्राउ गरेको हो ।

विषेश सुचनाका आधारमा शाहीलाई शंकास्पद रुपमा फेलापारी खालतलासी गर्दा खेमराजको साथबाट २० मिलिग्राम लागूऔषध (ब्राउनसुगर) जस्तो धुलो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ । हाल खेमराजलाई प्रहरीले नियन्त्रण्मा लिई थप अनुसन्धान जारी राखेको बताएको छ ।

तपाईको प्रतिक्रिया