कर्णाली : वन मन्त्रालयको हाईलेक्सले ठक्कर दिँदा दुई घाइते

सुर्खेत । वीरेन्द्रनगरमा हाईलेक्सले मोटरसाइकललाई ठक्कर दिँदा दुई घाइते छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार शनिबार बिहान करिब १० बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–८ धमला चोक स्थित दुर्घटना भएको हो ।

घण्टाघर देखि कालिनचोक तर्फ जाँदै गरेको बा २ झ १७७६ नम्बरको कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा मन्त्रालयको हाईलेक्स गाडीले कवर्डहल देखि शंकर चोकतर्फ जाँदै गरेको भे ५ प ५०२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् ।

घाइते हुने मोटरसाइकल चालक जाजरकोट जुनिचाँदे गाँउपालिका–८ का ३२ वर्षीय नैन बस्नेत र ३२ वर्षीय पर्शुराम थापा घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुबैजनाको माया नर्सिङ होम सुर्खेतमा उपचार भईरहेको छ । घने उक्त दुर्घटनामा परेका सवारी साधनलाई प्रहरीको नियन्त्रणमा राखिएको प्रहरीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया