फोहोर संकलनका लागि गाडी पठाउँन भेरीगंगाबासीको अनुरोध

सुर्खेत । खानेपानी, सरफाई तथा स्वच्छता सम्बन्धित वास मेला तथा बहस कार्यक्रम भेरीगंगाको छिन्चुमा सम्पन्न भएको छ । भेरीगंगा नगरपालिकाको आयोजना, खोपानी सरसफाई स्वच्छता तथा दिगोविकास लक्ष्य परियोजना र सामुदायीक रेडियो भेरीगंगाको समन्वय तथा सहकार्यमा कार्यक्रम संचालन गरिएको हो ।

उक्त कार्यक्रमको अवसरमा रेडियो भेरीगंगा एफएमले सञ्चालन गरेको वास बहसमा सहभागिहरूले, गाउँ टोल तथा छिन्चु बजार सरसफाईमा नगरपालिकाले ध्यान दिनुपर्ने र फोहोर व्यवस्थापनका लाीग गाउँ टोलका नियमित रूपमा फोहोर संकलन गर्ने गाडी पठाउन माग गरेका छन् ।

भेरीगंगाबासीले नगरपालिका भित्र धेरै गाउँ टोलहरुमा खानेपानीको वयवस्थापन हुन नसकेको भन्दै खानेपानीको व्यवस्थापन गर्न माग गरेका हुन् । यस्तै, भेरीगंगा नगरपालिकाका नगर प्रमुख भुपेन्द्रबहादुर चन्दले खानेपानी र सरफाइको क्षेत्रमा नगरपालिकाले योजना बनाएको बताउँदै आगामी दिनमा यस्ता सरसफाइसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने नगरबासीलाई आश्वासन दिए ।

यस्तै, नगर उपप्रमुख रेणु आचार्य (ढकाल)ले आगामी पाँच वर्षमा भेरीगंगा नगरपालिकाका सबै घर–घरमा शुद्ध खानेपानीको धारा व्यवस्थापन गर्न आफु दिनरात लागि परेको दाबी गरिन् ।

तपाईको प्रतिक्रिया