वीरेन्द्रनगरबाट लागूऔषध मुद्दामा फरार प्रतिवादी पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध मुद्दामा कैद सजाए पाएका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले आईतवार विहान वीरेन्द्रनगर नगरपालिका-१० पदमपुरबाट जिल्ला अदालत सुर्खेतबाट लागूऔषध मुद्दामा चार महिना कैद सजाय पाएका विकाश बुढालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले बुढालाई पक्राउ गरेको हो । अदालतबाट चार महिना कैद सजाय पाएपछि बुढा फरार थिए ।

 

तपाईको प्रतिक्रिया