सुर्खेत आउँदै गरेकाे ट्रक उन्नती खाेलामा दुर्घटना, चालककाे मृत्यु

सुर्खेत । सरिया र सिमेन्ट बाेकेकाे ट्रक दुर्घटनाहुँदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ । काेहलपुरबाट सुर्खेततर्फ आउँदै गरेकाे ट्रक आज विहान दुर्घटना भएकाे हाे ।

रत्न राजमार्गकाे चिसापनी-बबइ खण्डकाे बाँसगढी नगरपालिका-१ बर्दियाकाे उन्नती खाेलामा लु २ ख ८८३ नम्बरकाे ट्रक सडकबाट अन्दाजी ६० मिटर तल खसेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रहरी हवल्दार कृष्ण डाँगीले नेपालीरैबारलाइ जानकारी दिए । उनकाअनुसार दुर्घटनामा परेर सूर्यगढी गाउँपालिका-१  नुवाकाेटका ३६ वर्षीय साेम तामाङ छन् । उनकाे घटनास्थलमै मृत्यु भएकाे डाँगीले बताए ।

दुर्घटनामा ओमसतिया गाउँपालिका-५  रूपन्देहीका २२ वर्षीय अनिल हरिजन घाइते छन् । उनकाे मेडिकल कलेज काेहलपुरमा उपचार भइरहेकाे डाँगीले बताए ।

दुर्घटनकाे कारण नखुलेकाे र घटनास्थलमा अस्थायी प्रहरी पाेष्ट बबइबाट टाेली खटिएर थप अनुशन्धान गरिरहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाकाे भनाइ छ ।

तपाईको प्रतिक्रिया