जातिय छुवाछुत मुद्दामा फरार सुर्खेतका भरत पक्राउ

सुर्खेत । जातिय छुवाछुत मुद्दाका फरार भरत शाही पक्राउ जातिय छुवाछुत गरेको मुद्दामा अदातलबाट कैद सजाए पाएका एकजनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।

सुर्खेत जिल्ला अदालत जातिय छुवाछुत गरेको कसुरमा तीन महिना कैद र दश हजार जरिवाना तोकिएका सुर्खेतको बराहताल गाउँपालिका-८ का २२ वर्षिय भरत शाही पक्राउ परेका हुन् ।

सोमबार विहान प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले वीरेन्द्रनगर-३ बाट शाहीलाई पक्राउ गरेको हो । शाहीलाई सुर्खेत जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया