काँक्रेविहार वन क्षेत्रमा ट्याक्टर प्रवेश निषेध

सुर्खेत । काँक्रेविहार संक्षित वन क्षेत्रमा ट्याक्टर प्रवेश निषेध गरिएको छ । डिभिजन वन कार्यालय सुर्खेतले काँक्रेविहार संरक्षित क्षेत्रभित्र जथाभावी ट्याक्टर चलाउन निषेध गरेको हो ।

सो क्षेत्रमा ट्याक्टर चलाउँदा संरक्षि क्षेत्रमा रहेका जनावरहरु तर्सिएर वन्यजन्तु बासस्थान तथा विचरणमा असर पुगेको भन्दै ट्याक्टर लगायतका चार पांग्रे ढुवानीका साधनहरु बन्द गरिएको डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ ।

यो क्षेत्रमा ट्याक्टर, टिप्पर, मालबाहक गाडी लगायत ढुवानीका चार पांग्रे साधनहरु चलाएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया