विभाजित मानसिकताबाट मुक्त हुँदै मर्यादित पत्रकारिताका लागि एकजुट बनाैं : अध्यक्ष बसेल

सुर्खेत । पत्रकारिताकाे समग्र विकास र हकहितका लागि एकजुट हुनुपर्ने  नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले बताएका छन् । नेपाल पत्रकार महासंको ६७ औं स्थापना दिवसका वीरेन्द्रनगरमा आयाेजित प्रभातफेरी कार्यक्रममा बाेल्दै अध्यक्ष बसेलले विभाजित मानसकिताबाट मुक्त हुँदै मर्यादित पत्रकारिताका लागि एकजुट बन्नु पर्ने बताएका हुन् ।

पछिल्लाे समयमा पत्रकारहरुविचमा भएकाे विभाजनले पत्रकारिता क्षेत्र नै कमजाेर बन्दै गएकाले सतहिमा देखिएका समस्याहरुलाई समाधान गरेर पेशागतहितमा एकवुद्ध हुनुपर्ने अध्यक्ष बसेलकाे जाेड छ । उनले श्रमजीवी पत्रकारहरुका समस्याहरु सम्बाेन्धन गर्नमा कटिवद्ध रहेकाले सामान्य समस्यामा पनि पेशालाई बदनामी गर्न नहुने उल्लेख गरे ।

नेपाल प्रत्रकार महासंघ सुर्खेत शाखाको आयोजनामा गरिएकाे प्रभातफेरि मंगलगढीबाट सुरु गरेर बजार परिक्रमापछि पिपलचौतारा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा पत्रकार महासंघ कर्णाली प्रदेशका पदाधिकारी, महासंघ सुर्खेतका पदाधिकारी तथा विभन्न सञ्चार माध्ययममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया