८३ लाख रुपैयाँ लिएर छोरा बुहारी फरार, ऋण तिर्न आमालाई समस्या

सुर्खेत । पसल गर्छु भन्दै ऋण काँढेर निकालेकाे रकम लिएर छाेरा बुहारी फरार भएका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ इत्राम शिवालयका २७ वर्षका छविलाल मास्कीले ८३ लाख रुपैयाँ लिएर श्रीमतिसहित फरार भएका हुन् ।

स्थानीय आफन्त तथा वित्तीय संस्थाबाट फेन्सी पसल गर्छु भन्दै ऋण निकालेर मास्की र उनकी श्रीमति रूपा मास्की फरार भएकाे आफन्तकाे दु:खेसाे छ । छविलालकी आमा रामकुमारी आलेले आफ्नो एक्लो छोरोले बुढेसकालमा हेरचाह गर्ने समयमा उल्टै समस्यामा पारेर फरार भएको दुखेसो पोखिन् ।

दुवै जना फरार भएकाे एक वर्ष वितेकाे भन्दै आमा रामकुमारीले छाेरा बुहारीलाई खाेजिदिन अपिल गरेकी छन् । ‘छोरा-बुहारीले पसल गर्छु भनेपछि आफन्तहरु र सहकारीबाट ऋण निकाल दिए तर उनीहरु त रकम लिएर कहाँ भागे भागे,’ आमा रामकुमारीले भनिन्, ‘आज आउलान भाेली आउलान भनेर बाटाे हेर्न लागेकाे वर्षाै भयाे तर उनीहरु  घर फर्केका छैनन् बुढेसकालकाे सहारा छाेराले झन ठूलाे समस्यामा पारिदियाे ।’

आमा रामकुमारीले हाल आफ्नो घरमा ९० वर्षका ससुराबुवा हुनुहुन्छ र  श्रीमान शारिरीक अशक्त हुनुहुन्छ कसरी त्यति ठूलाे तिर्ने भन्दै छाेरालाई खाेजिदिन अपिल गरेकी छन् । ‘साहु आएर घर घेरिरहेका छन् भएको सबै सम्पति पनि सकिसक्यो, अर्कैको टहराको एक कोठा भाडामा लिएर बसेका छौं,’ रामकुमारीले थपिन्, ‘छाेरा र बुहारीका कारण आज घर न घाटकाे भइयाे ।’

रामकुमारीले फरार रहेका छाेरा बुहारीलाई खाेजिका सन्बन्धित निकायमा धाएपनि कुनै खाेजी नभएकाे दु:खेसाे पाेखिन । ‘छोरोलाई खोजिदिन प्रहरी कार्यालय समेत गए तर सुनुवाई भएन्,’ रामकुमारी भन्छिन्, ‘प्रहरी कार्यालय धाएपनि मुद्दा दर्ता गर्नै मान्दैन न कुनै सुझाव नै प्रहरी दिन्छ । हामीलाई हैरानी भएकाे छ ।’

तपाईको प्रतिक्रिया