मुख्यमन्त्री शाहीद्धारा प्रदेश रङ्गशालाको अनुगमन

रङ्गशालाको २५ प्रतिशत काम सकियो

सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले निर्माणधिन प्रदेश रङ्गशालाको अनुगमन गरेका छन् । बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माणधिन प्रदेश रङ्गशालकाको अनुगमन गरेका हुन् ।

मुख्यमन्त्री शाहीले रङ्गशालाको अनुगमन गर्दै निर्माणको कामा निरन्तर गर्न र समयमै सक्नेगरि गर्न आग्रह गरे । उनले पछिल्लो रङ्गशाला निर्माणको कामलाई बेला–बेला अनुगमन गर्दै आएको र निर्माणको काम पनि निरन्तर अघि बढ्दै गएको भन्दै खुसी व्यक्त गरे ।

मुख्यमन्त्री शाहीले सयममै रङ्गशालाको निर्माण सक्नेगरि काम भईरहेको प्रति निर्माण कम्पनीलाई धन्यवाद समेत व्यक्त गरेका छन् । हाल रङ्गशालाको २५ प्रतिशत काम सकिएकाे छ । गत मंसिर २२ गते शिलान्यास गरिएको रंगशालाको कुल बजेट एक अर्ब ५८ करोड ४७ लाख ४७ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

तपाईको प्रतिक्रिया