सुर्खेतमा जन्मियो एउटा आँखा भएको पाठो

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकामा एउटा बाख्राले अनौठो पाठो जन्माएको छ । बराहताल गाउँपालिका–३ लेख गाउँका किसान होपबहादुर थापले पालेको बाख्राले बिहीबार यस्तो पाठो जन्माएको हो ।

किसान थापाले विगत धेरै बर्षबाट आफ्नै घरमा पालेको बाख्राले यस्तो पाठो जन्मिएपछि गाउँलेहरू अच्चमित भएकाे बताए । उनले भने, ‘उक्त बाख्राले एकै पटक दुईवटा पाठा जन्माएको थियो, जसमा एउटा पाठो हेर्दा यस्तो रहेछ ।’

गाउँलेहरूले कुल देउताहरू बिग्रीएर रिसाएका कारण यस्तो पाठो जन्मिएको पनि हुन सक्ने आंकलन गरेका छन् । उक्त पाठोको शरिरको वनावट ठिक छ भने एउटा आँखा मात्र रहेको छ ।

तपाईको प्रतिक्रिया