वीरेन्द्रनगरका चार क्षेत्रमा ७ घण्टा विद्युत सेवा अवरुद्ध हुने

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा ७ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ । शुक्रबार र शनिबार नयाँ विद्युतीय संरचना निर्माण तथा पुरानो विद्युतीय संरचना स्थानान्तरण (पोल सार्ने कार्य)को लागि विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

बिहान १ं० बजेदेखि साँझ ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ ।  नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका अनुसार मंगलगढी चोकदेखि शुभ होटल सम्म र मंगलगढी चोकदेखि वीरेन्द्र चोक हुँदै गणेश चोक सम्मका क्षेत्रहरूमा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

तपाईको प्रतिक्रिया