छुटेका वीरेन्द्रनगरका भुमिहिनले निवेदन दिन पाउने

सुर्खेत । भुमिहिन दलित, सुकम्बासी, अव्यवस्थित बसोबास गर्दै आएको तर छुटेकाहरुले निवेदन दिन पाउने भएका छन् । राष्ट्रिय भूमि आयोगले त्यस्ता व्यक्तिहरुलाई जग्गा उपलव्ध गराउने र अव्यवस्थित बासोबासीलाई व्यवस्थापन गर्ने सूचनाअनुसार उनीहरुलाई समेट्ने उदेश्यले सात दिन समय तोकिएको हो ।

गत आर्थिक वर्ष नै भूमिहिनहरुको लागत संकलन गरेपनि छुट भएकाहरुलाई समेट्नेगरी पुनः सूचना प्रकाशन गरिएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले नेपालीरैबारलाई जानकारी दिए । उनकानुसार यहीँ चैत २५ गतेसम्म छुटेका नागरिकहरुलाई निवेदन दिन आह्वान गरिएको हो । कार्यपालिकाको बैठकले नगर भित्र धेरै व्यक्ति छुटेकाले उनीहरुलाई समेट्न थप समय छुट्याएको हो ।

तपाईको प्रतिक्रिया