कृष्ण र बिन्दुको ‘झलिको’ सार्वजनिक

काठमाडाै‌ । गायक कृष्ण रेउले र गायिका बिन्दु परियारको स्वर रहेको गीत ‘झलिको’ सार्वजनिक भएको छ । गीतमा रेउलेकै शब्द तथा संगीत रहेको छ ।
सुदीप सागरले संगीत संयोजन रहेको गीतको भिडियो समेत बनेको छ ।

सागर बाबु भट्टको निर्देशन रहेको भिडियोमा विजय पुनको अभिनय छ । पुनलाई भिडियो अभिनयमा प्रकाश घिमिरे, पेरिसा कंडेल र समिर भण्डारीले साथ दिएका छन् ।
पवन रसाइलीको छायांकन रहेको भिडियो प्रविन भट्टले सम्पादन गरेका हुन् । भिडियो मोडल विजय पुनले आफ्नै यूट्यूब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।

तपाईको प्रतिक्रिया