समुदायमा सामुहिक भावना जागृत गर्न जरुरी छ : प्रधानसेनापति

सुर्खेत । प्रधानसेनापति महारथी प्रभुराम शर्माले सामुदायमा सामुहिक भावना विकास गर्न जरुरी रहेको बताएका छन् । सुर्खेतमा आयोजित नेपाली सेनाका भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले समुदायलाई अनुशान र सभ्य बनाइराख्न अवकास प्राप्त सैनिकहरुको योगदान उच्च रहने बताएका हुन् ।

याे पनि पढ्नुहाेस् : तस्वीरमा हेराैं सुर्खेतमा आयाेजित भूपु सैनिक सम्मेलन

नेपाली जनताको आर्थिक, सामाजिक र अन्य प्रकारको विकासका लागि सामुहिक भावना आवश्यक पर्ने भएकाले यसमा अवकास प्राप्त सैनिकहरुले पेशामा रहँदा सिकेको अनुशान कायम राख्न सक्ने प्रधानसेनापति शर्माले उल्लेख गरे । प्रधानसेनापति शर्माले भूपु सैनिकहरुको आर्थिक जीविकोपार्जन उकास्ने खालका योजनाहरुलाई वृहत्तर रुपमा लागु गरिएको बताए । नेपालमै बसेर परिश्रम गर्न सफल भइन्छ भन्ने सन्देश दिन कल्याणकारी कोषलाई थप दिगो, मितव्ययी र पारदर्शी बनाउने लक्ष्य रहेको शर्माले जानकारी दिए ।

हाल संचालन भईरहेका कल्याणकारी कार्यक्रम तथा सेवा सुविधाहरुका सम्बन्धमा संक्षिप्त जानकारी गराएका शर्माले सेनाको श्रोत, साधन र क्षमताले भ्याएसम्म सेवा सुविधाहरु भविष्यमा थप विस्तार तथा अभिवृद्धि गर्दै लगिने विश्वास शर्माले दिलाएका छन् ।

कार्यक्रममा नारायण नगरपालिका–७ का जेष्ठ भूतपूर्व सैनिक, ८२ वर्षीय प्युठ हर्कबहादुर ठकुरी, अवकास प्राप्त स्वर्गीय जमदार जयकृष्ण उपाध्यायका श्रीमती चन्दननाथ नगरपलिका–१० का ८२ वर्षीय जेष्ठ एकल महिला लक्ष्मी कन्या उपाध्यायलाई सम्मान गरिएको थियो ।

सम्मेलनमा चार वा सो भन्दा बढी सन्ततिहरुलाई नेपाली सेनामा सेवा गर्न अभिप्रेरित गर्ने पाँच जना आमा तथा बुवाहरुलाई सम्मान, फरक क्षमता भएका तथा अशक्त १४ जनालाई व्हिल चेयर, बैसाखी तथा आर्थिक सहयोग प्रदान गरिएको थियो । साथै लघुबित्त कार्यक्रम एवं महिला उद्यमशिलता कर्जा प्राप्त गर्ने व्यक्तिहरुलाई चेक हस्तान्तरण गरिएको थियो ।

सम्मेलनमा भू.पू. सैनिक तथा एकल महिलाहरुको तर्फबाट मार्चपास, राष्ट्रिय सेवादलका क्याडेटहरुद्वारा नृत्य प्रदर्शन, नेपाली सेनाद्वारा स्थान विशेषको झाँकी, संस्कृति झल्किने नाँच, खुकुरी ड्रिल, तेक्वान्दो पि.टि., मास पि.टि. र सैनिक व्याण्डको प्रस्तुती समेत प्रदर्शन गरिएको थियो । सम्मेलनको पूर्व सन्ध्यामा निमारे ब्यारेक, सुर्खेतस्थित श्री नं.४ फि.ए. गुल्ममा विशेषज्ञसहितको स्वास्थ्य शिविर संचालन गरिएको थियो ।

सम्मेलनमा सर्वोत्कृष्ट उद्यमी व्यवसायी र सेनामा सेवा गर्न अभिप्रेरित गर्नेहरुलाई सम्मान गरिएको थियो । फरक क्षमता भएका तथा अशक्त १४ (चौध) जनालाई व्हिल चेयर, बैसाखी तथा आर्थिक सहयोग प्रदान र लघुबित्त कार्यक्रम एवं महिला उद्यमशिलता कर्जा प्राप्त गर्ने व्यक्तिहरुलाई चेक हस्तान्तरण गरिएको थियो । सम्मेलनका कर्णाली प्रदेशका ८ जिल्लाबाट दुई हजार बढी भूपु सैनिकहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया