लतालाई ग्रामी र ओस्कारले बिर्सियो, फ्यानहरू आक्रोशित

काठमाडाैं । ग्रामी अवार्डको श्रद्धाञ्जली दिने भागमा लता मंगेशकरको नाम छुटाएकोमा भारतीय समर्थकहरूले आक्रोश प्रकट गरेका छन् ।

भारतकी चर्चित गायिका रहेकी मंगेशकरको गत फेब्रुअरीमा मुम्बईमा निधन भएको थियो । उनलाई बलिउडकी ‘कोइली चरी’ समेत भनिन्छ । उनले ३० भन्दा बढी भाषामा १ हजारभन्दा बढी गीत गाएकी छन् ।

गत महिना ब्रिटिस एकेडेमी फिल्म एन्ड टेलिभिजन अवार्ड (बाफ्टा) अवार्डमा भने मंगेशकरलाई श्रद्धाञ्जली दिइएको थियो । तर, गत हप्ता आयोजित ओस्कार र आज आयोजित ग्रामीमा गत वर्ष निधन भएका कलाकारहरूलाई श्रद्धाञ्जली दिने भागमा उनको नाम उल्लेख गरिएन । यसबाट क्रुद्ध बनेका फ्यानहरूले सामाजिक सञ्जालमा आक्रोश प्रकट गर्दै ग्रामीको समावेशितामाथि प्रश्न उठाएका छन् ।

तपाईको प्रतिक्रिया