काठमाडौँबाट नेपालगञ्ज आएको बुद्धको जहाजमा खरायो ठोक्कियो

काठमाडाैँ । नेपालगञ्ज विमानस्थलमा हवाई जहाजमा खरायो ठोक्किएको छ । काठमाडौँबाट नेपालगञ्ज आएको बुद्ध एयरको जहाज अवतरण हुने बेला सोमबार राति पौने आठ बजे खरायो ठोक्किएको हो ।

जहाजमा खरायो ठोक्किएपछि केहीबेर उडान रोकिएको थियो । बुद्ध एयर, नेपालगञ्जका व्यवस्थापक विनित शाहले जहाज ल्यान्ड हुने क्रममा खरायो ठोक्किएको बताए । जहाजमा ठोक्किएको खरायो भने मरेको छ ।

नेपालगञ्ज विमानस्थलमा यसअघि पटक-पटक जहाजमा बँदेल ठोक्किएको थियो। बँदेल ठोक्किने क्रम बढेपछि विमानस्थल कार्यालयले धावनमार्ग नजिकको झाडी सफाइ गरेको थियो ।

तपाईको प्रतिक्रिया