कर्णाली नदीमा माछा मार्न गएका विष्टको डुबेर मृत्यु

सुर्खेत । कर्णाली नदीमा माछा मार्नको लागि पासो थाप्न गएका एक जनाको डुबेर मृत्यु भएको छ । कालिकोट अन्तरगत कर्णालीमा नदीमा माछा मार्नको लागि पासो थाप्न गएको समयमा डुबेर मृत्यु भएको हो ।

प्रहरी चौकी लालुखुलालु कालिकोटका अनुसार सोमबार राती साढे ९ बजेको समयमा नरहरिनाथ गाउपालिका–८ स्थित कर्णाली करिडोरको पुल भन्दा १० मिटर तल कर्णाली नदिको किनारमा माछालाई पासो थाप्न गएका ४० वर्षीय पुर्णबहादुर विष्टको डुबेर मृत्यु भएको छ ।

उक्त दिन विष्ट घर नआएपछि आफन्तले खोजी गर्दा नदिको किनारमा कपडा र चप्पल मात्रै फेला परेकोले खोजतलासको लागि प्रहरीलाई निवेदन दिएका थिए ।

उक्त निवेदन प्रश्चाप प्रहरीले खोज्ने क्रममा मंगलबार दिउँसो २ बजेको समयमा अछाम पञ्चदेवल विनायक नगरपालिका–९ भानाकोटका दिपेन्द्र साउदले माछामार्ने पासो निकाल्ने क्रममा उक्त पासोको डोरीमा अड्के विष्टको शव फेला परेका थिए । शव फेला पारेपछि साउदले प्रहरीलाई खबर गरेपछि उक्त स्थानमा प्रहरी टोलि खटिएर विष्टको उद्धार गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया