राजीकाे कार्यक्रममा सामाजिक मन्त्रीले जाल हानेपछि‍‍…

सुर्खेत । लोपोन्मुख तथा अतिसिमान्तकृत राजी समुदायको कला, संस्कृती, भेषभुषा तथा भाषा सम्बन्धी अभिमुखिकरण सुर्खेतको भेरीगंगा नगरपालिकास्थित छिन्चुमा शुरु गरिएकाे छ । हराउँदै गइरहेकाे भाषा, कला, संस्कृतीलाइ बचाइ राख्ने उदेश्यले कार्यक्रम सञ्चालन गरिएकाे हाे ।

सामाजिक विकास मन्त्री यज्ञबहादुर विसीले नदीमा माछा मारेर जीविकाेपार्जन गर्दै आएका राजी जातीकाे जाल हानेर कार्यक्रम उद्घाटन गरेका छन् । कर्णालीमा बसोवास गर्ने लोपोन्मुख तथा अतिसिमान्तकृत राजी समुदाय लगायत बोटे, कुसुण्डा, राउटे, माझि र दलित समुदाय अर्न्तरगत बादी समुदायको उथ्थानका लागि कर्णाली प्रदेश लागि परेको प्रतिवद्धता जनाए ।

हरेक समस्याबाट पछाडि परेको भन्दै राज्यले विशेष ध्यान दिने पनि मन्त्री वि.सी.काे भनाई छ । राजी समुदायसंग नजिक रहेर हास खेलका साथै काम गरेको स्मरण गर्दै मन्त्री विसीले राजी समुदायले मात्र होइन सबै आदिवासी जनजातीहरुले आआफ्नो परम्परा, भेषभुषा तथा भाषालाइ जोगाइ राख्न आग्रह गरे ।

राजी लगायत आदिवासी जनजातीका भाषा कला संस्कृतीले कर्णालीलाइ मात्र होइन देशलाइ नै चिनाउने बताउदै मन्त्री वि.सी.ले स्थानिय निकायदेखि प्रदेश तथा संघिय सरकारले पनि यी समुदायको उथ्थानका लागि विशेष जोड दिनुपर्नेमा जोड दिए ।

कर्णालीका चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका, वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, लेकवेशी नगरपालिका, गुर्वाकोट नगरपालिका लगायत लुम्बिनी प्रदेशको बाँके, बर्दिया र सुदुरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका राजी समुदायको अगुवा प्रतिनिधीहरु सहभागी भएका छन ।

तपाईको प्रतिक्रिया