तटस्थ सञ्चार कर्ममा जुटौं : अध्यक्ष बस्नेत

सुर्खेत । तटस्थ भएर सत्य तथ्य सूचना प्रभावहमा आफूलाई समाहित गर्न नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले आग्रह गरेका छन् । मंगलवारदेखि सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापनमा बोल्दै बस्नेतले यस्तो बताएका हुन् ।

पत्रकार समाजको ऐना भएका कारण पनि सत्यलाई आत्मसाथ गर्दै अगाडि बढ्नुको विकल्पन नभएको उल्लेख गरे । अध्यक्ष बस्नेतले भने, ‘पत्रकार भनेका जनताका प्रतिनिधि हुन्, पत्रकार जहिले पनि नागरीकको परीक्षणमा रहेका हुन्छन् । त्यसैले नागरीकको परीक्षणमा आफूलाई सहि सावित गर्न चुनौती छ । चुनौतीका बावजुत पनि आफ्नो पेशागत मर्यादा कायम राख्दै पत्रकार आचारसंहितामा रहेर काम गर्नुस तपाईको काममा कसैले दख्खल राख्ने छैन ।’

जसले नागरीकको विश्वास बढ्ने बस्नेतले बताए । हामी कस्तो पत्रकार बन्ने ? हामीले सिकाउने साथीलाई कस्तो पत्रकार बनाउने त्यो हाम्रै हातमा रहेको उल्लेख गरे ।

कार्यक्रममा सूचना तथा प्रशारण विभागका महानिर्देशक, गगन हमाल, पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष कलेन्द्र सेजुवाल, नेपालवार एसोसियसनकी उपाध्यक्ष रक्षा बस्याल लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया