कर्णालीमा दश लाख मतदाता, सुर्खेतमा सबैभन्दा धेरै

सुर्खेत । कर्णाली प्रदेशका दश जिल्लामा दश लाख एक हजार दुइ सय बीस मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । कूल मतदातामा सबैभन्दा धेरै सुर्खेतमा रहेका छन् ।

सुर्खेतमा दुई लाख ३८ हजार चार सय ५७ मतादाता भएको सुर्खेतमा पुरुष एक लाख १६ हजार तीन सय ३६ जना छन् भने महिला एक लाख २२ हजार एक सय २१ छन् ।

कूल मतदातामध्ये पाँच लाख ६ हजार एक सय ८० जना पुरुष छन् भने महिला मतदाताको संख्या चार लाख ९५ हजार ९९ जना रहेको छ । निर्वाचनका लागि प्रदेशभर नौ सय सात वटा मतदान स्थल र एक हजार तीन सय ८५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

हुम्लामा ३२ हजार पाँच सय ७१ जना, जाजरकोटमा एक लाख तीन हजार आठ सय ६९ जना, रूकुम पश्चिममा एक लाख चार हजार चार सय ८२ र सल्यानमा एक लाख ५७ हजार सात सय १५ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै, दैलेखमा एक लाख ५८ हजार चार सय ८९ जना, डोल्पामा २२ हजार चार सय ४० जना, मुगुमा ३५ हजार ८९ जना, जुम्लामा ६७ हजार सात सय ४४ जना र कालीकोटमा ८० हजार चार सय १६ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया