बाबियाचौरमा मोटरसाइकलको ठक्करबाट बालिका गम्भीर घाइते

सुर्खेत । सुर्खेतको पश्चिममा पर्ने पञ्चपुरी नगरपालिको बाबियाचौरमा मोटरसाइकलले बालिककालाई ठक्कर दिएको छ । बिहीबार मोटरसाइकलले बालिकालाई ठक्कर दिँदा गम्भीर घाइते भएकी छिन् ।

ईलाका प्रहरी कार्यालय बाबियाचौरका अनुसार बिहीबार दिउँसो १२ : ५० बजेको समयमा मोटरसाइकलले ठक्कर दिएको हो । ठक्करबाट पञ्चपुरी नगरपालिका–४ बरईचेकी ४ वर्षीय बालिका दिक्षा अधिकारी गम्भीर घाइते भएकी हुन् ।

प्रहरीका अनुसार पञ्पुरी नगरपालिका–२ पलैटे बजारबाट बाबियाचौर बजारतर्फ जाँदै गरेको भे ६ प ४१५ नम्बरको मोटरसाइकलले बाटोको छेउमा उभिएकी बालिकालाई ठक्कर दिएको हो ।

हाल बालिकाको अवस्था गम्भीर भएकाले उपचारको लागि वीरेन्द्रनगरमा रहेको कर्णाली केयर अस्पताल सुर्खेतमा ल्याएर उपचार भई रहेको प्रहरीको भनाई रहेको छ । प्रहरीले मोटरसाइकल र चालक पञ्चपुरी नगरपालिका–२ का २६ वर्षीय शकंर सिजालीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया