सुर्खेत उद्योग वाणिज्यलाई चुनाव गर्ने बाटो खुल्यो, अदालतले दिएन अन्तरिम आदेश

सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि निर्वाचन गर्ने बाटो खुलेको छ । उच्च अदालत सुर्खेतले रिटमाथिको सुनुवाई गर्दै रिट दायर गरेका सुरेन्द्रकुमार मल्लले माग गरेकोअनुसारको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

अदालतले नै अन्तरिम आदेश गर्न अस्वीकार गरेपछि संघको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रियामा अघि बढ्ने भएको छ । मल्लले यहीँ चैत १७ गते अदालतमा निर्वाचन प्रक्रिया रोक्दै अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए । अदालतले चैत १८ गते अल्पकालिन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि आज बोलाएको थियो । दुवै पक्षको छलफलपछि रिटकर्ताको मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको अदालतका शाखा अधिकृत रत्नप्रसाद उपाध्यायले नेपालीरैबारलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया