बैशाख पहिलो साता संघको निर्वाचन गर्ने तयारी

सुर्खेत । उच्च अदालत सुर्खेतले निर्वाचन प्रक्रिया रोक्नु पर्ने माग राख्दै दायर गरिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि संघको निर्वाचन बैशाख पहिलो साता गर्ने तयारी गरिएको छ । संघका पदाधिकारीहरुले निर्वाचन समितिलाई यसअघि माइन्युट हस्तान्तरण गरिसकेकाले समितिले निर्वाचन मिति तोक्न बैठक शुक्रबार बस्ने लागेको हो ।

अधिवक्ता समेत रहेका समितिका नन्दबहादुर भण्डारीकाअनुसार शुक्रबार बैठक बसेर मिति तोक्न लागेको नेपालीरैबारलाई जानकारी दिए । ‘निर्वाचन प्रक्रिया अघि बढिसकेको थियो,’ भण्डारीले भने, ‘अदालतसम्म रिट परेपछि रोकिएको समयलाई मध्यनजर गर्दै उपयुक्त दिनमा निर्वाचन मिति तोकिन्छ ।’ स्रोतकाअनुसार आगामी बैशाख ३ गते निर्वाचन गर्नेगरी मिति तोकीन लागिएको छ । यसअघि चैत २६ गते तोकिएको निर्वाचन मितिमा मतदाताको नामावली प्रकाशन गरिएको थियो । तर अदालतमा रिट परेपछि उक्त प्रक्रिया रोकिएको हो ।

तपाईको प्रतिक्रिया