दैलेखमा घाँस काटने क्रममा भिरबाट लडेर मृत्यु

दैलेख । दैलेखमा घाँस काट्ने क्रममा भिरबाट लडिेर एकजनाको मृत्यु भएको छ । बिहीबार घाँस काटेने क्रममा गुराँस गाउँपालिका-५ भित्री खोलाका ४५ वर्षिया श्यामबहादुर खत्रीको भिरबाट लडेर मृत्यु भएको दैलेख प्रहरीले जानकारी दिएको छ ।

गुराँस गाउँपालिका-५ धैरानी डाँडामा घाँस काटने क्रममा बिहीबार विहान भिरबाट करिव १५० मिटर तल खसेर खत्रीको घटनास्थलमै मृत्यु भएको हो । लासको पोष्टमार्टमको लागि जिल्ला अस्पताल दैलेख पठाइएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया