वीरेन्द्रनगरमा खुल्यो निःशुल्क जिम तथा क्यालेस्थेनिक्स पार्क

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरमा निःशुल्क खुल्ला जिम तथा क्यालेस्थेनिक्स पार्कको स्थापना भएको छ । वीरेन्द्रनगर नगपालिका–७ मा शनिबार पार्कको स्थापना भएको हो ।

वीरेन्द्रनगरका नगरप्रमुख देवकुमार सुवेदीले पार्कको उद्घाटन गरेका छन् । वीरेन्द्रनगर–७ कपासे ब्यारेक नजिक स्थापना गरिएको जिम पार्कको नगरप्रमख सुवेदीले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।

कर्णाली प्रदेशमै पहिलो पटक स्थापना भएको खुल्ला जिम तथा क्यालेस्थेनिक्स पार्क स्वास्थ्य र रोजगारीलाई केन्द्रीत गरी निर्माण भएको नगर प्रमुख सुवेदीले बताए ।

उक्त खुल्ला जिम तथा क्यालेस्थेनिक्स पार्कमा बच्चा, युवा र बृद्बा सबैले ब्याम गर्न मिल्ने गरी निर्माण भएको गरिएको छ । वीरेन्द्रनगर–७ नम्बर वडाको आर्थिक साझेदारीमा पार्कको स्थापना भएको हो । साथै नेपाल युथ फिटनेश एण्ड क्यालेस्थेनिक्सले पनि निर्माणको क्रममा सहयोग गरेको थियो ।

यस्तै, नगर प्रमुख सुवेदीले अन्य अन्य आवश्यक पर्ने ठाउँमा पनि पार्कको स्थापना भएपछि स्वास्थ्य, तन्दुरुष्ट र युवाहरुमा रोजगारीको अवसर प्राप्त हुने बताए ।

तपाईको प्रतिक्रिया