सुर्खेत बाणिज्य संघकाे बैशाख ४ गते निर्वाचन मिति ताेकियाे, उम्मेद्वारी दर्ता साेमबार

सुर्खेत । सुर्खेत उद्याेग बाणिज्य संघकाे निर्वाचन मिति ताेकिएकाे छ । यसअघि आज गर्ने भनिएकाे निर्वाचन असन्तुष्ट व्यापारीहरुले अदालतमा रिट दायर गरेपछि राेकिएकाे थियाे । तर अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि निर्वाचन समितिले नयाँ मिति ताेकेकाे हाे ।

अब आगामी बैशाख ४ गते निर्वाचन मिति ताेकिएकाे छ । आइतबार १० बजेदेखि दिउँसाे ३ बजेसम्म प्रा.लि. साझेदारी फर्म र कम्पनी लगायतकाे मतदाता सूचीमा नाम समावेश हुनेगरी प्रतिनिधि पठाउने तथा मतदाता नामावलीमा दावी विराेध गर्ने संशाेधित निर्वाचन कार्यतालिकामा उल्लेख छ । यस्तै आइतबार नै मतदाताकाे अन्तिम नामावली प्रकाशन र चैत २८ गते साेमबार १० बजेदेखी दिउँसाे ३ बजेसम्म उम्मेद्वारी दर्ता तथा साेही दिन साँझ उम्मेद्वारकाे सूची प्रकाशन गरिने अधिवक्ता समेत रहेका निर्वाचन समितिका नन्दबहादुर भण्डारीले नेपालीरैबारलाई जानकारी दिए ।

उनकाअनुसार चैत २९ गते विहान १० बजेदेखी अपरान्ह ४ बजेसम्म उम्मेद्वारी उपर दाबि विराेध र फिर्ता, साेही दिन अपरान्ह छ बजे दावी विराेध उपर निर्णय र उम्मेद्वारहरुकाे अन्तिम नामावली प्रकाशन गरिने छ । बैशाख २ गते राती १२ बजेसम्म चुनाव प्रचार अवधि र साेही दिन १२ बजेपछि माैन अवधि ताेकिएकाे भण्डारीले बताए । उनकाअनुसार मतदान बैशाख ४ गते विहान ८ बजेदेखी साँझ ५ बजेसम्म हुनेछ ।

तपाईको प्रतिक्रिया