मेरुदण्ड पक्षघात समिति सुर्खेतकाे अध्यक्षमा कार्की

सुर्खेत । मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुलाई संगठित गर्न समिति गठन गरिएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बसोबास गर्ने मेरुदण्ड पक्षघात व्यक्तिहरुलाई संगठित गर्ने उदेश्यले समिति गठन गरिएको हो । आइतबार वीरेन्द्रनगरमा आयोजना गरिएको प्रथम भेलाले मदन कार्कीको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा पूर्णबहादुर सिंजापति, सचिवमा धर्मराज रावल र कोषाध्यक्षमा पार्वती थापा छन् । यस्तै, सदस्यहरुमा दिपक आलेमगर, प्रकाश दर्लामीमगर, जितबहादुर नेपाली, यामबहादुर सुनार र नरेन्द्रराज राना छन् । मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुको हिकहित र अधिकारका लागि काम गर्ने अध्यक्ष कार्कीले बताए ।

तपाईको प्रतिक्रिया