सालकाेट स्वास्थ्य चाैकी काठ चाेरेर ल्याउने गुप्ता पक्राउ

सुर्खेत । पश्चिम सुर्खेतकाे पञ्चपुरी नगरपािलकामा पर्ने सालकाेट स्वास्थ्य चाैकीकाे काठ चाेरी गरेर ल्याउदै गरेकाे अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा भेरीगंगा नगरपालिका-९ का ३९ वर्षीय रामजी गुप्ता छन् । भे १ ख १२४२ नम्बरकाे मिनी ट्रकमा स्वास्थ्य चाैकीकाे काठ व्यक्तिगत प्रयाेजनका लागि ल्याउँदै गरेकाे अवस्थामा पक्राउ परेकाे कर्णाली प्रदेश कार्यालयले जनाएकाे छ । 

गुप्ताले स्वास्थ्य चौकीको भवनमा राखिएकाे पुरानो सालको काठ ढोका एक थान, १५ वटा ठूला झ्याल, पाँच वटा साना झ्याल र अन्य फुटकर ४० पिस काठहरु बरामद गरिएकाे कार्यालयले जनाएकाे छ । कार्यालयकाअनुसार गुप्तासहित पञ्चपुरी नगरपालिका ८ का २० वर्षीय तोरण बि.क. (चालक), साेही  वडा नम्बर ८ बस्ने २१ वर्षीय प्रेम बि.क. र भेरीगंगा नगरपालिका-६ का ३५ वर्षीय कुलविर बि.क.लाई पक्राउ गरेर वन डिभिजन सुर्खेतका सशस्त्र फरिष्ट गार्डकाे जिम्मा लगाइएकाे छ ।   प्रारम्भीक अनुसन्धानका क्रममा सालकोटदेखी ल्याएकाे काठ वन कार्यालयसँग समन्वय नगरी ल्याएकाले अवैध रहेकाे र थप अनुसन्धान वन डिभिजन सुर्खेतले गरिरहेकाे कार्यालयले जानकारी दिएकाे छ ।

तपाईको प्रतिक्रिया