कंगोमा मारिएका नेपाली सेनामा कार्यरत गुरुङको भेरीमा अन्त्येष्टि

सुर्खेत । कंगोमा मारिएका नेपाली सेनामा कार्यरत सिपाहीको बुधबार अन्तिम दाहसंस्कार गरिएको छ । नेपाली सेनाले मंगलबार नेपालमा सुर्खेतकाे गुर्भाकाेट नगरपालिका-१४ जहरे घर भएका अनिल गुरुङकाे शव बुधबार नेपाल ल्याएर अन्तिम संस्कारका लागि घरपरिवारलाई बुझाइएकाे हाे ।

गुरुङ कंगोमा संचालन भएको अपरेशनमा विद्राेही समूहकाे आक्रमणबाट यहीँ चैत २२ गते घाइते भएका थिए । कंगाेकै बुनियाँस्थित अस्पतालमा उपचारको क्रममा उनकाे निधन भएकाे हाे । गुरुङकाे शव सुर्खेत ल्याउनु पूर्व नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा आयोजित श्रद्धाञ्जली तथा अन्तिम सम्मान अपर्ण कार्यक्रममा प्रधान सेनापति महारथी प्रभुराम शर्माले श्रद्धाञ्जली दिएका थिए ।

प्रधान सेनापति शार्माले सम्मान स्वरुप शान्ति सैनिकको पार्थिव शरीरमा नेपाली सेनाको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जतली स्वरुप फूलमाला अर्पण र रक्षा सचिव किरणराज शर्माले फूलमाला चढाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।मंगलबार काडमाडौंमा नेपाली सेनाका बलाधिकृत, बलाध्यक्ष लगायत रथीवृन्द, अधिकृत, पदिक तथा उपस्थित परिवारजनले पार्थिव शरीरमा फूलमाला अर्पण गरेपश्चात नेपाली सेनाको टुकडीले अन्तिम सम्मान स्वरुप सलामी अर्पण गरेको नेपाली सेनाकाे जन सम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ  ।

प्रधान सेनापति शर्माले मनसुको मिसका फोर्स कमाण्डरले पठाएको समवेदना–पत्र र अन्तिम दाहसंस्कारको लागि नेपाली सेनाबाट प्रदान हुने रकम मृतकका परिवारलाई हस्तान्तरण गरेका थिए । श्रद्धाञ्जिली तथा अन्तिम सम्मान कार्यक्रम पश्चात स्वर्गीय गुरुङको मृत शरीरलाई नेपाली सेनाको हेलिकप्टरद्वारा सुर्खेतकाे गुर्भाकाेटमा ल्याएर परिवारलाई हस्तान्तरण गरेर नेपाली सेनाको स्थान विशेषमा तैनाथ युनिटबाट अन्तिम सलामी प्रदान गरिएको निर्देशनालयले जनाएकाे छ ।

 

तपाईको प्रतिक्रिया